राशिफल

कार्तिक १९ गते मंगलवार तपाईको लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कार्तिक १९ गते मंगलवार तपाईको लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज  मिति २०७६ साल कार्तिक महिनाको १९ गते मंगलवार,  तदनुसार सन् २०१९ नोभेम्बर ५ तारिख , तपाईका लागि कस्तो रहला हेर्नुहोस तपाईको आजको राशिफल 

मेष–

लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला । परिवारमा मनमुटाव हुन सक्छ। पठन पाठनमा खासै सफलता हासिल गर्न सकिने छैन।  

वृष–

ब्यापी व्यवसायमा सफलता मिल्नेछ। भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला ।

मिथुन–

सहयोगीहरुले अफ्ठ्यारोमा साथ दिनेछन।  आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । धर्म कर्ममा मन जानेछ।  

कर्कट–

रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । स्वादिष्ट भोजनको अनुभव पाइने छ।  दृढ निर्णयको अभावमा महत्वपुर्ण अवसर उम्कन सक्ला अलि होस् पुर्याउनु पर्नेछ।

सिंह–

परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । ब्यापारमा लगानी बढाउने समय रहेको छ।  पारिवारिक असमझदारी बढ्नेछ।  

कन्या–

साहित्य कलाको क्षेत्रमा अभिरुचि बढ्ने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । समग्रमा तपाईका लागि आजको दिन सुखद रहेको छ।  

तुला–

बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । व्यापार व्यवसायको क्षेत्र विस्तार भएर जानेछ।  सुखद समाचार मन प्रफुल्लित बनाउने छ।  

वृश्चिक–

दाजू भीको सम्बन्ध मजबुत भएर जानेछ।  मान सम्मानमा आघात पुग्न सक्ला अलि होस् पुर्याउनु पर्नेछ।  सहयोगीहरूबाट उचित सहयोग पाइनेछ, पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला ।

धनु–

आध्यात्मिक सिद्धि प्राप्त गर्ने सुखद दिन रहेको छ।  अध्ययन अध्यापनमा भने अलि धेरै ध्यान दिनु पर्नेछ।  केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।

मकर–

पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । व्यापार व्यवसायको क्षेत्र अनुकुल रहेको छ।   रोकिएका काम बन्नेछ।  

कुम्भ–

सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । धार्मिक तथा सामाजिक कार्यको पछाडी धन खर्च हुने छ।  अचानक हुने दुर्घटनाबाट बच्नु पर्नेछ। समग्रमा तपाईको आजको दिन सुखद नै रहेको छ।  

मीन–

प्रेम तथा मित्रताको बन्धन कसिने समय छ।  मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ । परिश्रम गरे अनुरुपको कार्यमा सफलता नमिल्दा मानसिक हताशा पैदा हुनेछ।  

Today's Horoscope

विशेष