स्वास्थ्य

हाडजोर्नीका लागि अति नै फाइदाजनक छ जाइफ़ल, प्रयोग गर्ने कि ?

हाडजोर्नीका लागि अति नै फाइदाजनक छ जाइफ़ल, प्रयोग गर्ने कि ?

बढ्दो उमेर र क्याल्सियमको कमिका कारण जोर्नी दुख्नु सामान्य कुरा हो।  तर मानिसहरु यस्ता दुखाई कम गर्नका लागि विभिन्न औषधिको प्रयोग गर्ने तथा पेनकिलरको सहायता लिने गर्छन।  तर यो जरुरी छैन कि हरेक समस्याको उपचार औषधि मै भेटिन्छ।  

जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउनका लागि आफ्नै किचनमा प्रयोग हुने बस्तुको प्रयोग गर्न सकिन्छ त्यो हो जाइफ़ल, जसको प्रयोगले जोर्नीको दुखाई सजिलै कम गर्न सकिन्छ आउनुहोस जानिराखौं  

जाइफ़लमा प्रचुर मात्रामा क्याल्सियम र फस्फोरस तत्व पाइन्छ जुन हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ। विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ।  

यसको प्रयोगका लागि सर्वप्रथम जाइफ़ललाई राम्रोसंग पिसेर पाउडर बनाउने।  हरेक दिन बिहान हल्का मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा तत्काल यसको असर देखा पर्न थाल्छ।  

यसका अतिरिक्त तिलको तेलमा जाइफलको पाउडर राखी हल्का मनतातो बनाई दुखेको ठाउँमा लगाउनाले पनि यसबाट लाभ उठाउन सकिन्छ।  

    

  

विशेष