मनोरञ्जन

सलमानको फिल्ममा सुनिल थापा

सलमानको फिल्ममा सुनिल थापा

काठमाडौँ।  नेपाली चलाचित्रका राते काईलाका नामले परिचित अभिनेता सुनिल थापाले बलिउड अभिनेता सलमान खानको फिल्म गर्ने भएका छन। थुप्रै नेपाली चलचित्रमा खलपात्रका रुपमा रुचाईएका सुनिलले सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरुको भूमिकामा देखिएका थिए।  

त्यस पश्चात कुनै पनि बलिउड फिल्ममा नदेखिएका सुनिलले अब भने बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका छन।  

अभिनेत्री  कट्रिना कैफकी बहिनी इसाबेल कैफ र सलमानका ज्वाई  आयुष शर्माको मुख्य भूमिका रहने यस चलचित्रमा सुनिल भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका देखिने छन।  

जनवरीदेखि छायांकनका लागि फ्लोरमा जाने बताईएको चलचित्र 'क्वाथा' लाई करण भुटानीले निर्देशन गर्नेछन।  सुनिलले फिल्म गर्ने विषयमा मौखिक सहमति भए पनि लिखित सम्झौता नभएको बताए । उनी चाँडै मुम्बई गएर कागजी रुपमा फिल्म सम्झौता गर्ने सोचमा छन् । 

 

सलमान खान सुनिल थापा

विशेष