राशिफल

कार्तिक २० गते बुधवार तपाईका लागि कस्तो छ? हेर्नुहोस आजको राशिफल

कार्तिक २० गते बुधवार तपाईका लागि कस्तो छ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको २० गते बुधवार, तदअनुसार सन् २०१९ नोभेम्बर ६ तारिख तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस तपैअको आजको राशिफल 

मेष–

विश्वासपात्रबाटै धोका हुने देखिन्छ । जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आफुलाई समेत रोगले सताउने दिन छ । व्यापार व्यवसायमा राम्रै सफलता मिल्नेछ।  समग्रमा तपाईका लागि आजको दिन सामान्य रहेको छ। 

वृष–

सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइलेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ । पारिवारिक मुडभेड सिर्जना हुन सक्ला अलि ख्याल गर्नु पर्नेछ।  

मिथुन–

घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । सरकारी कार्यमा सफलता मिल्नेछ।  बन्धुवान्धव बिचको सम्बन्ध सुमधुर रहनेछ।  

कर्कट–

उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । अध्ययनका लागि विदेशयात्राको सम्भावना समेत रहेको छ । प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  स्वादिष्ट भोजनको अनुभूति पाइने छ।  

सिंह–

घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तसग मनमुटाव बढ्ने जस्ता समस्या आउन सक्छन् । कामको उचित मुल्यांकन नहोला।  

कन्या–

प्रतिस्पर्धाहरूमा विजयी भइनेछ, लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् । आफ्नो क्षेत्रमा बर्चश्व कायम राख्न सकिनेछ।  

तुला-

नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । पढाई लेखाईमा सफलता मिल्नेछ।  दुख सुखमा सात दिनेहरु प्रसस्त भेटिने छन।  

वृश्चिक–

खर्च गर्नुपरे वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि पनि आजको लगानीले फाइदै होला । दाम्पत्य जीवन सुखद रहनेछ।  शुभ समाचारले मन प्रफुल्लित बनाउने छ।  

धनु–

अनावश्यक खर्च र धनहानिको योग छ । साथै कहि दण्ड जरिवाना समैत पाइएला सचेत रहनु होला।  खानपानले गर्दा स्वास्थ्यमा समस्या देखिनेछ।  पिताको तर्फबाट लाभ उठाउन सकिने छ।   

मकर–

परिश्रम गरे अनुरुपको सफलता मिल्नेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

कुम्भ–

लगानीको प्रतिफल प्रशस्त मिल्नेछ, कृषि उत्पादन बढ्नेछ साथै एक्लोपनाको अनुभूति पनि होला । व्यापार व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ।  भाग्योदयको योग समेत रहेको छ।  

मीन–

टाढाको यात्रा हुनेछ।  धर्मकर्म वा मंगलमय कार्यका लागि धन खर्च हुने सम्भावना रहेको । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर पनि मिल्ला । परिवारमा खुसियाली छुने छ।  

Daily Horoscope

विशेष