स्वास्थ्य

यी हुन एसिडिटी हुनका कारण र बच्ने उपायहरु, जानिराखौं

यी हुन एसिडिटी हुनका कारण र बच्ने उपायहरु, जानिराखौं

दैनिक व्यस्तताले खानामा त्यत्ति ध्यान दिने गरिन्न । लामो समयसम्म खाना नखाएपछि जब पेट पोल्न थाल्छ अनि मात्र खाने समय भएछ थाहा हुन्छ। कहिले दिनको दुइपटक मात्र खान्छौं त कहिले दिनभर खादैनौ ।

यो स्वास्थ्यका दृष्टिले राम्रो संकेत होइन। खानामा गरिने लापरवाहीले एसिडिटी बढाउँछन् । खाना पचाउनका पेटका ग्रन्थीहरुले विभिन्न एसिडअम्ल निकालिरहेको हुन्छ । यस्ता एसिडहरु खानामा घोलिन्छ र खानालाई पचाउन मद्दत गर्छ । यी एसिडहरु भने जतिबेला पनि उत्पादन भईरहेको हुन्छ । लामो समयसम्म खाना नखाएको अवस्थामा भने एसिडहरु पेटको भित्तामा पुग्छन् र पेट पोल्न थाल्छ ।

एसिडिटि हुने प्रमुख कारणहरु

फास्ट फुडमात्र खानु चिया, कफि र अन्य चिसो पेय पदार्थ धेरै खानु

चुरोट सेवन रक्सिको सेवन

लामो समय खाली पेट बस्नु

बच्ने घरेलु उपायहरु

१.  हरेक विहान मन्द तातो पानी पिउने

२.कागती, केरा, बदाम र दही खाने

३.नरीवल पानीले पनि एसिडिटि कम गर्छ

४.खाना खाएपछि तुलसीको पात पकाएर खाँने

५.केरा, खरबुजा र काँक्रा खानु बेस हुन्छ

६.एक टुक्रा ल्वाङले पनि फाइदा गर्छ ।

एसिडिटी

विशेष