खेल

यी पाकिस्तानी क्रिकेटरले बनाए नयाँ कीर्तिमान

यी पाकिस्तानी क्रिकेटरले बनाए नयाँ कीर्तिमान

काठमाडौंः पाकिस्तान क्रिकेट टिमका मध्यक्रम ब्याट्सम्यान इफ्तिखर अहमदले अष्ट्रेलिया विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले अष्ट्रेलियाविरुद्ध टी–२० करियकै उच्च स्कोर नटआउट ६२ रन बनाए ।

मंगलबार भएको खेलमा इफ्तिखरले ५ चौका र ३ छक्काको मद्दतमा ३५ बलमा नटआउट ६२ रन बनाएका थिए । यो प्रदर्शनसँगै उनले ‘विश्व कीर्तिमान’ बनाएका छन् ।

इफ्तिखरले टी–२० मा छैटौं नम्बरमा ब्याटिङ गर्न आएर सर्बाधिक अष्ट्रेलियामा सर्बाधिक रन बनाउने कीर्तिमान बनाएका हुन् ।

योसँगै उनले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी र अष्ट्रेलियाका कप्तान आरोन फिन्चको रेकर्ड तोडेका छन् ।

यसअघि टी–२० मा फिन्चले अष्ट्रेलियामा छैटौं नम्बरमा आएर सर्बाधिक नटआउट ५३ रन बनाएका थिए । यो सूचीको तेस्रो स्थानमा धोनी रहेका छन् । उनले २०१२ मा नटआउट ४८ रन बनाएका थिए ।

अष्ट्रेलियाविरुद्ध इफ्तिखरले नयाँ कीर्तिमान बनाए पनि टिम भने ७ विकेटले पराजित हुन पुग्यो ।

टी–२० क्रिकेटः अष्ट्रेलियामा छैटौं नम्बरमा सर्बाधिक रन बनाउने ब्याट्सम्यान 

इफ्तिखर अहमद– नटआउट ६२ (२०१९)

आरोन फिन्च– नटआउट ५४ (२०११)

महेन्द्रसिंह धोनी– नटआउट ४८ (२०१२) 

 

महेन्द्रसिंह धोनी कीर्तिमान इफ्तिखर अहमद पाकिस्तान क्रिकेट टिम आरोन फिन्च

विशेष