मुख्य समाचार

प्रथम श्रेणी क्रिकेटः एमसीसीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल (स्कोरबोर्डसहित)

प्रथम श्रेणी क्रिकेटः एमसीसीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल (स्कोरबोर्डसहित)

काठमाडौंः इंग्ल्याण्डको पुरानाे मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपालले टस जितेर बलिङ रोजेको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा आज बिहान नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने रोजेका हुन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस् 

कप्तान मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गर्दैछन् । ज्ञानेन्द्र मल्ल (कप्तान),राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ । 

नेपाल भर्सेस एमसीसी प्रथम श्रेणी

विशेष