खेल

एमसीसीको पहिलो विकेट पतन, सोमपाललाई सफलता (स्कोरबोर्डसहित)

एमसीसीको पहिलो विकेट पतन, सोमपाललाई सफलता (स्कोरबोर्डसहित)

काठमाडौंः मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको आजदेखि सुरु भएको प्रथम श्रेणीमा नेपाललाई पहिलो सफला मिलेको छ ।

नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिलाएका हुन् ।

उनले आठौं ओभरमा विष्फोटक ब्याट्सम्यान बिली गोडलेमानलाई आउट गर्न सफल भए ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले यो समाचार तयार पार्दा १३ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाएको छ ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

कप्तान मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गर्दैछन् । ज्ञानेन्द्र मल्ल (कप्तान), राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

नेपाल भर्सेस एमसीसी प्रथम श्रेणी क्रिकेट साेमपाल कामी

विशेष