खेल

आइपीएल २०२० मा आरसीबीले किन्न पाउने छैन ठूला खेलाडी !

आइपीएल २०२० मा आरसीबीले किन्न पाउने छैन ठूला खेलाडी !

काठमाडौंः भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को १३औं सिजनका लागि आउँदो डिसेम्बरमा ‘अक्सन’ हुँदैछ ।

यो ‘अक्सन’ मा सबै टिमको सहभागिता रहने छ । आइपीएल २०२० को ‘अक्सन’ आउन अझैं एक महिना बढी समय छ । 

यसैबीच आइपीएलको एक टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बारे एक चाखलाग्दाे खबर बाहिर आएको छ । आउँदो ‘आइपीएल अक्सन’ मा आरसीबीले चर्चित क्रिकेटर खरिद गर्न नपाउने भएको छ । यस पछाडिको कारण हो– आरसीबीसँग पर्याप्त पैसा छैन ।

१९ डिसेम्बरमा कोलकातामा हुने ‘अक्सन’ का लागि आरसीबीसँग २ करोड रुपैयाँ पनि छैन । यति कम पैसामा उसलाई चर्चित क्रिकेटर टिममा भित्र्याउन निकै मुस्किल पर्ने सम्भावना छ ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार आरसीबीसँग आउँदो सिजनको ‘अक्सन’ का लागि १.८० करोड रुपैयाँ मात्र छ । स्मरण रहोस् प्रायः चर्चित क्रिकेटरको आधार मूल्य नै २ करोड हुन्छ । यसो भएमा आरसीबीलाई ठूला खेलाडी टिममा भित्र्याउन गाह्रो मात्र होइन असम्भव नै हुनेछ ।

आरसीबीले हालसम्म आइपीएलको उपाधि जित्न सकेको छैन । टिमबाट विराट कोहली, एबी डिभिलियर्स, क्रिस गेलजस्ता विष्फोटक खेलाडीले खेले पनि टिम भने सधैं उपाधिविहिन नै रह्यो ।

आउँदो सिजनको आइपीएल अक्सनका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्ससँग सबैभन्दा बढी पैसा छ । श्रेयस अय्यर कप्तान रहेको दिल्लीसँग ७.७ करोड रुपैयाँ छ ।  
 

आइपीएल इन्डियन प्रिमियर लिग अक्सन

विशेष