खेल

नेपालविरुद्ध एमसीसीको उत्कृष्ट ब्याटिङ (स्कोरबोर्डसहित)

नेपालविरुद्ध एमसीसीको उत्कृष्ट ब्याटिङ (स्कोरबोर्डसहित)

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रथम श्रेणी क्रिकेटमा नेपालविरुद्ध मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले उत्कृष्ट ब्याटिङ गरिरहेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले आठौं ओभरमा पहिलो विकेट गुमाए पनि त्यसपछि निकै सम्हालेर खेलिरहेको छ । र, उसले १०० रन पनि पूरा गरिसकेको छ ।

एमसीसीले आठौं ओभरमा विष्फोटक ब्याट्सम्यान बिली गोडलेमानलाई गुमाएको थियो । उनलाई सोमपाल कामीले आउट गरेका थिए । तर, यसपघि भने नेपाली बलरलाई विकेट लिन निकै गाह्रो भइरहेको छ । 

यो समाचार तयार पार्दा एमसीसीले ३२ ओभरमा १ विकेट गुमाएर १०६ रन बनाएको छ । अहिले क्रिजमा विल रोड्स (६१) र टम वेस्टली (२९) छन् । 

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ । (तस्बिरः बुटबलर) 

एमसीसी भर्सेस नेपाल प्रथम श्रेणी क्रिकेट स्कोरबोर्ड

विशेष