मनोरञ्जन

फेशन आइकन अलिया भट्टको अण्डरवाटर फोटोसुट, सामाजिक संजालमा भाइरल (फोटोफिचर)

फेशन आइकन अलिया भट्टको अण्डरवाटर फोटोसुट, सामाजिक संजालमा भाइरल (फोटोफिचर)

एजेन्सी।  बलिउडमा पछिल्लो समय अभिनेत्रीहरुमा अन्डरवाटर फोटोसुट गराउने फेशन नै बनेको छ। केहि समय अगाडी अभिनेत्री समिरा रेड्डीले प्रेग्नेंसीमा अन्डरवाटर फोटोसुट गराइन जुन चर्चामा रह्यो। 

 

त्यस्तै अभिनेत्री आलिया भट्टले पनि चर्चित म्यागेजिन भोगका लागि अंडरवाटर फोटोशूट गराएकी छिन।  स्विमिङ सुटमा आलियाले  सिजलिंग फोटोशूट गराएकी हुन्।  

एक तस्बिरमा आलिया पिंक आउटफिटमा देखिएकी छिन भने दोस्रो तस्बिरमा उनि नियोन कलर गाउनमा देखिएकी छिन।  अंडरवाटर आलिया अति नै बोल्ड पोज दिइरहेकी छिन।  

यस फोटोसुटमा आलिया अलग अलग पोज र पहिरनमा देखिएकी छिन।  आलियाको अन्डरवाटर फोटोसुटको यस तस्बिर सामाजिक संजालमा निकै नै भाइरल भइरहेको छ।  

आलियालाई बलिउडकी फेशन आइकनको रुपमा लिइन्छ साथै उनले आफ्नो मेहनत र परिश्रमले छोटो समयमा नै ठुलो लोकप्रियता हासिल गरेकी छिन।  

आलिया बलिउडकी सबैभन्दा प्रसिद्ध अभिनेत्रीमध्येकी एक हुन साथै उनि बलिउडको सबैभन्दा बढी फिस लिने अभिनेत्री पनि हुन्।  

कामको कुरा गर्ने हो भने आलिया अब छिट्टै नै उनका पिता महेश भट्टद्वारा निर्देशित चलचित्र सडक २ मा देखिदै छिन।  

यसका अलावा उनि प्रेमी रणवीर कपूरका साथमा चलचित्र ब्रह्मास्त्र मा देखिदै छिन।

  यस चलचित्रमा आलिया र रणवीरका अलावा मौनी राय, अमिताभ बच्चन लगायतका कलाकारहरुको भूमिका रहेको छ।  

 

आलिया भट्ट अन्डरवाटर फोटोसुट

विशेष