खेल

एमसीसीलाई तेस्रो झड्का, शरदले लिए विकेट (स्कोरबोर्डसहित)

एमसीसीलाई तेस्रो झड्का, शरदले लिए विकेट (स्कोरबोर्डसहित)

काठमाडौंः मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको आजदेखि सुरु भएको प्रथम श्रेणीमा नेपाललाई तेस्रो सफला मिलेको छ ।

नेपाललाई दोस्रो सफलता शरद भेषवाकरले दिलाएका हुन् । एमसीसीले तेस्रो विकेटकारुपमा विष्फोटक ब्याट्सम्यान टम वेस्टलीलाई ३९ रनमा गुमाएको हो ।  

यसअघि एमसीसीले दोस्रो विकेटकारुपमा महत्वपूर्ण ब्याट्सम्यान विल रोड्सलाई गुमाउन पुग्यो ।  उनलाई सोमपाल कामीले आउट गरेका थिए । उनी ३५औं ओभरमा ७३ रनमा सोमपालको बलमा ‘बोल्ड आउट’ हुन पुगे । 

यसअघि एमसीसीले पहिलो विकेटकारुपमा आठौं ओभरमा विष्फोटक ब्याट्सम्यान बिली गोडलेमानलाई गुमाउन पुगेको थियो । उनलाई पनि सोमपाले नै आउट गर्न सफल भए । 

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले यो समाचार तयार पार्दा ४५ ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको छ ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ । (तस्बिरः हाम्रो खेलकुद) 

नेपाल भर्सेस एमसीसी प्रथम श्रेणी क्रिकेट

विशेष