खेल

एमसीसीको महत्वपूर्ण विकेट पतन, सोमपाललाई दोस्रो सफलता (स्कोरबोर्डसहित)

एमसीसीको महत्वपूर्ण विकेट पतन, सोमपाललाई दोस्रो सफलता (स्कोरबोर्डसहित)

काठमाडौंः मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको आजदेखि सुरु भएको प्रथम श्रेणीमा नेपाललाई दोस्रो सफला मिलेको छ ।

नेपाललाई दोस्रो सफलता पनि सोमपाल कामीले दिलाएका छन् । यसअघि एमसीसीको पहिलो विकेकट पनि सोमपाले नै लिएका थिए । एमसीसीले दोस्रो विकेटकारुपमा महत्वपूर्ण ब्याट्सम्यान विल रोड्सलाई गुमाएको छ । उनी ३५औं ओभरमा ७३ रनमा सोमपालको बलमा ‘बोल्ड आउट’ हुन पुगे । 

यसअघि एमसीसीले पहिलो विकेटकारुपमा आठौं ओभरमा विष्फोटक ब्याट्सम्यान बिली गोडलेमानलाई गुमाउन पुगेको थियो । 

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले यो समाचार तयार पार्दा ३५ ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको छ ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

एमसीसी भर्सेस नेपाल प्रथम श्रेणी क्रिकेट साेमपाल कामी

विशेष