गायक जोहारीको ‘याद औनि तेरि सरू’ लोकप्रिय बन्दै (भिडियोसहित)
मौलिक लोक कला संस्कृतिको जगेर्नामा चुनौती थपिएकाबेला गायक बीरेन्द्र जोहारीले सुदूरपश्चिम तथा कुमाउ गढवालको भाका समेटिएको नयाँ गीत बजारमा ल्याएका छन् । चन्द्रसिंह खातीको संकलनमा रहेको गीतमा जोहारी आफैले स्वर र संगीत दिएका छन् ।
बैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेका गीतकार खातीले गीतमा समेत परदेशीको कथा समेटेका छन् । खातीको शब्दमा जोहारीले कर्णप्रिय संगीत दिंदै स्वर भरेका छन् ।
गीतको भिडियोसमेत तयार भएको छ । भिडियोको निर्देशन बीरेन्द्र भाट ‘बिपिन’ ले गरेका छन् । गीतमा घर परिवार, आफन्त, श्रीमति तथा प्रेमिकाबाट टाढा रहँदाको पीडा, माया तथा दुःख व्यक्त गरिएको छ ।
गीतमा गायक जोहारी र पारु श्रेस्ठले अभिनय गरेका छन् । युट्युवमा उपलब्ध सो भिडियो दर्शकले निकै मन पराएका छन् । युट्यूवमा आएका कमेन्टमा गीतकार, गायक र मोडलहरुको प्रशंसा गरेको देख्न पाइन्छ । यसबाट आफनो हौसल अझ बढेको गायक जोहारी बताउँछन् ।
गायक जोहारीले लामो समयदेखि गीत संगीतमा आबद्ध छन् । उनले डेउडा शैलीका दर्जनौ गीत र भिडियो सार्वजनिक गरिसकेका छन । जोहारीको मुई डोलि चडन्या बेला बोलको गीत श्रोता माझ निकै लोकप्रिय छ । संस्कृति संरक्षणका लागि धेरै गीत गाउने जोहारी सुदूर पश्चिमको डेउडा तथा कुमाउनि संस्कृतिमा आधारित गीत गाउन अब्बल मानिन्छन् । उनी दार्चुलामा रहेको अल्पसंख्यक जोहारी समुदायका एक्ला गायक हुन् ।
गीतको भिडियो यस्तो छ :