राशिफल

कार्तिक २१ गते बिहिवार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

कार्तिक २१ गते बिहिवार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

अज़जा मिति २०७६ साल कार्तिक महिनको २१ गते बिहिवार , तदअनुसार सन् २०१९ नोभेम्बर ७ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला आउनुहोस हेर्नुहोस आजको राशिफल 

मेष–

सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । सुखद यात्राको योग रहेको छ।  सरकारी कार्यबाट लाभ उठाउन सकिनेछ।  

वृष–

शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ । ब्युअपर व्यवसायबाट भने मनग्य लाभ उठाउन सकिनेछ।  अधुरा रहेका कार्यहरु बिस्तारै पुरा भएर जानेछन।  

मिथुन–

शारीरिक स्फूर्ति र उत्साहमा कमि आउने छ।  महत्वपुर्ण निर्णयलाई थाती राखेर अगाडी बढ्दा नै फाइदा हुने देखिन्छ।  मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मन जित्न सजिलै सकिनेछ ।

कर्कट–

अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बाहिरी खानपानका कारण स्वास्थ्यमा समस्या देखिने छ अलि विचार गर्नुहोला।  बोलीको कदर हुनेछ । आर्थिक अभावले भने सताउने छ।  

सिंह–

व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । पढाइ लेखाईमा भने खासै सफलता मिल्ने छैन।  सार्वजनिक क्षेत्रमा मान हानी हुने सम्भावना रहेकाले अलि विचार पुर्याउनुपर्ने छ।  

कन्या–

घरमा मांगलिक कार्यको सुरुवात हुनेछ।  आकस्मिक धन लाभ भएर जानेछ।  कामको उचित  मुल्यांकन हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला ।

तुला–

साहित्य सिर्जनाको क्षेत्रमा रुचि बढ्ने छ।  विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ ।

वृश्चिक–

शारीरिक तथा मासिक अस्वस्थताको अनुभव हुनेछ।  माताको स्वास्थ्य सम्बन्धी समस्याले सतौना सक्नेछ।  मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन ।

धनु–

समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। नयाँ कर् आयको थालनी गर्ने शुभ दिन रहेको छ।  

मकर–

सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधा अडचन आउने छ । बाणी तथा व्यवहारमा अलि संयमितत अपनाउनु पर्ने देखिन्छ।  पारिवारिक झैँ झमेला सिर्जना हुन सक्ला अलि ख्याल गर्नु पर्नेछ।  

कुम्भ–

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । शारीरिक र मानसिक रुपले प्रफुल्लित रहनु हुनेछ।  रमणीय स्थानमा घुन अवसर मिल्नेछ।  

मीन–

काममा मातापिताको सहयोग प्राप्त होला ।  सहयोगीहरुले काममा साथ दिनेछन।  मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सामाजिक कार्यमा मन जानेछ।  

दैनिक राशिफल

विशेष