खेल

इमर्जिङ कपका लागि नेपालद्वारा टिम घोषणा, पारस र सन्दीपले नखेल्ने

इमर्जिङ कपका लागि नेपालद्वारा टिम घोषणा, पारस र सन्दीपले नखेल्ने

काठमाडौंः बंगलादेशमा आउँदो हप्तादेखि हुने इमर्जिङ नेसन्स कपका लागि नेपाली टिमको घोषणा गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले  इमर्जिङ कपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिममा कुशल भुर्तेल पहिलो पटक सिनियर टोलीमा अटाएका छन् । पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछानेलाई यूएईमा हुने टी–१० का कारण टोलीमा समावेश गरिएको छैन । दुवैले संघका लिखित रुपमा टि१० खेल्न नो अब्जेक्सन लेटर दिन आग्रह गरेका थिए ।

इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखि मंसिर ७ सम्म बंगलादेशमा हुने छ । समूह ‘बी’ मा रहेको नेपालसँगै भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । यूएईले आफ्नो नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।

नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ । समुह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ । फाइनल मंसिर ७ मा हुने छ ।

नेपाली टोलीः

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी

शरद भेषवाकर
सोमपाल कामी

करण केसी
विनोद भण्डारी

रोहित कुमार पौडेल
ललित नारायण राजवंशी 

पवन सरार्फ 
सन्दीप जोरा

सुसन भारी
इशान पाण्डे

मोहम्मद आरिफ शेख
अभिनाश बोहरा
कुशल भुर्तेल
 

नेपाली क्रिकेट टिम इमर्जिङ नेसन्स कप

विशेष