मुख्य समाचार

मुस्ताङ पुगे पूर्वयुवराज पारस

मुस्ताङ पुगे पूर्वयुवराज पारस

जोमसोमः पूर्वयुवराज पारस शाह मुस्ताङ आइपुगेका छन् । उनी आफ्ना निकट सहकर्मीका साथ मुस्ताङको घुमफिरमा व्यस्त छन् ।

पूर्वयुवराज शाह पोखरादेखि म्याग्दी हुँदै  बुधबार दिउँसो मुस्ताङ आएका हुन् । मुस्ताङ आउने क्रममा शाह थासाङ गाउँपालिका लेतेस्थित होटल सियुमा बास बसेका थिए ।

उक्त लज संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको हो । उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको बुझिएको छ । उनका केही साथी मुक्तिनाथ दर्शनका लागि गएका छन्।

उनको मुस्ताङ यात्रामा २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल प्रयोगमा छन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् । उनका सहयोगीले बा १४ च २११३ नम्बरको जीपमा सवार छन् । सँगै उनीहरु मोटरसाइकल चढेको बुझिएको छ।

बिना कुनै सूचना र जानकारी नदिई मुस्ताङ आएका पूर्वयुवराज शाह सार्वजनिक रुपमा खुलेका छैनन् । म्याग्दी हुँदै मुस्ताङ आएका शाहले होटलका कर्मचारीसँग खिचाएको फोटो बाहिरिएको छ । यति बेला मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

मुस्ताङ

विशेष