मुख्य समाचार

सफा हुन थाले काठमाडौंका मुख्य सडक

सफा हुन थाले काठमाडौंका मुख्य सडक

काठमाडौंः दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरेको छ ।

“इटालीबाट ल्याइएका ती बु्रमरले सुरुसुरुमा राजधानीका सडकबाट दैनिक १८ मेट्रिक टनसम्म धुलो उठाउँथे”, महानगरको वातावरण महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले थपे, “अहिले दिनको मुस्किलले सात टन धुलो उठ्छ ।” उनका अनुसार अहिले चीनबाट ल्याइएका थप दुई बु्रमरसमेत गरी सातवटा बु्रमर राजधानीका सडकमा परिचालन गरिएका छन् । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राजधानीका सडकलाई महानगरपालिकाले पाँचवटा रुटमा विभाजित गरी बु्रमरबाट सफाइ गरिरहेको छ । बु्रमरले राति सफाइ गर्दै छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

सडक धुलोरहित सफा

विशेष