खेल

एमसीसीले एकै ओभरमा गुमायो २ विकेट, करनलाई सफलता (स्कोरबोर्डसहित)

एमसीसीले एकै ओभरमा गुमायो २ विकेट, करनलाई सफलता (स्कोरबोर्डसहित)

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको एमसीसी विरुद्धको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटको दोस्रो दिनमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । दोस्रो दिन ५ ओभर सकिँदा नेपालले २ विकेट लिएको छ ।

एमसीसीले दोस्रो दिनमा पहिलो विकेटकारुपमा एलेक्स थोम्सन र दोस्रो विकेटकारुपमा अलेक्ज्याण्डर स्पेन्सरलाई गुमाएको हो । उनीहरुलाई करण केसीले आउट गरे ।

बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो ।

यो समाचार तयार पार्दासम्म एमसीसीले ९६ ओभरमा ८ विकेट गुमाएर ३३४ रन बनाएको छ । उसका यासिर अराफत ५४ र क्रिस राइट ४ रनमा अविजित छन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

बुधबार एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाएका थिए । एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए ।

नेपाली ३ बलरको नाममा समान २ विकेट

एमसीसीले ३०० रन पूरा गर्दासम्म नेपालका तीन बलरले समान २ विकेट लिएका छन् । सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामीले समान २ विके लिएका हुन् । नेपाललाई छैठौं सफलता सन्दीपले दिलाएका थिए ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

एमसीसी भर्सेस नेपाल करन केसी

विशेष