खेल

एमसीसीलाई नवौं झड्का, सन्दीपको खातामा थपियो अर्को विकेट (स्कोरबोर्डसहित)

एमसीसीलाई नवौं झड्का, सन्दीपको खातामा थपियो अर्को विकेट (स्कोरबोर्डसहित)

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको नेपाल विरुद्धको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा एमसीसीले नवौं विकेट गुमाएको छ ।

नवौ विकेटकारुपमा एमसीसीले क्रिस राइटलाई ४ रनमा गुमाएको हो । योसँगै सन्दीपको खातामा तेस्रो विकेट थपिएको हो । उनले पहिलो दिन बुधबार २ विकेट लिइसकेका थिए ।

एमसीसीले दोस्रो दिनमा पहिलो विकेटकारुपमा एलेक्स थोम्सन र दोस्रो विकेटकारुपमा अलेक्ज्याण्डर स्पेन्सरलाई गुमाउन पुग्यो । उनीहरुलाई करण केसीले आउट गरे ।

बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो ।

यो समाचार तयार पार्दासम्म एमसीसीले १०० ओभरमा ९ विकेट गुमाएर ३५४ रन बनाएको छ । उसका यासिर अराफत ६४ र हानन डल्बी १ रनमा अविजित छन् ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

बुधबार एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाएका थिए । एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

सन्दीप लामिछाने नेपाल भर्सेस एमसीसी

विशेष