खेल

दोस्रो दिन पनि एमसीसीको उत्कृष्ट ब्याटिङ (स्कोरबोर्डसहित)

दोस्रो दिन पनि एमसीसीको उत्कृष्ट ब्याटिङ (स्कोरबोर्डसहित)

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटको दोस्रो दिन पनि एमसीसीले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । 

बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल  रोकिएको थियो ।

बुधबार पनि विकेट लिन निकै संघर्षरत रहेका नेपाली बलरको अवस्था आज पनि त्यस्तै छ । यो समाचार तयार पार्दासम्म एमसीसीले ९० ओभरमा ६ विकेट गुमाएर ३२४ रन बनाएको छ । उसका यासिर अराफत ३९ र एलेक्स थोम्पसन ३० रनमा अविजित छन् । 

 स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस् 

बुधबार एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाएका थिए । एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए ।
  
नेपाली ३ बलरको नाममा समान २ विकेट

एमसीसीले ३०० रन पूरा गर्दासम्म नेपालका तीन बलरले समान २ विकेट लिएका छन् । सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामीले समान २ विके लिएका हुन् । नेपाललाई छैठौं सफलता सन्दीपले दिलाएका थिए ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

एमसीसी भर्सेस नेपाल प्रथम श्रेणी क्रिकेट

विशेष