खेल

डेब्यू खेलमा शून्यमै आउट भए कप्तान मल्ल ! (स्कोरबोर्डसहित)

डेब्यू खेलमा शून्यमै आउट भए कप्तान मल्ल ! (स्कोरबोर्डसहित)

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको एमसीसी विरुद्धको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा नेपालले निकै खराब सुरुवात गरेको छ ।

नेपालले पहिलो ओभरमै विकेट गुमाउन पुगेको छ । प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका कप्तान ज्ञानेन्द्र मल्ललाइ नेपालले पहिलो विकेटका रुपमा गुमाउन पुगेको छ । उनी पहिलो ओभरमै शून्य रनमा आउट भएका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ३ ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले पहिलो दिन ३११ र दोस्रो दिन ५३ रन जोड्दै ३६४ रन बनाएको छ । एमसीसीले १०० ओभरमा सम्पूर्ण विकेट गुमाएर २६४ रन बनाएको हो ।

उसका लागि विल रोड्सले ७३, यासिर अराफतले ६५,  विल भान्डेर्सपारले ५३, मिल्स हाम्मोन्डले ५२, टम वेस्ट्लीले ३९ रन बनाए ।

स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

बलिङमा करण केसी, सन्दीप लामिछानेले ३–३, शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट लिए । बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो । एमसीसीले दोस्रो दिन आज ५३ रन बनायो ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

ज्ञानेन्द्र मल्ल एमसीसी भर्सेस नेपाल प्रथम श्रेणी क्रिकेट

विशेष