खेल

नेपालको दोस्रो विकेट पतन, एमसीसीविरुद्ध शरदको पनि चलेन ब्याट

नेपालको दोस्रो विकेट पतन, एमसीसीविरुद्ध शरदको पनि चलेन ब्याट

काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा नेपालले सस्तैमा महत्वपूर्ण २ विकेट गुमाएको छ ।

नेपालले पहिलो ओभरमै ज्ञानेन्द्र मल्लाई शून्य रनमा गमायो । यस्तै नेपालले दोस्रो विकेटका रुपमा सातौं ओभरमा शरद भेषवाकरलाई ४ रनमा गुमाउन पुग्यो ।

यो समाचार तयार पार्दासम्म नेपालले ८ ओभरमा २ विकेट गुमाएर १६ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले पहिलो दिन ३११ र दोस्रो दिन ५३ रन जोड्दै ३६४ रन बनाएको छ । एमसीसीले १०० ओभरमा सम्पूर्ण विकेट गुमाएर २६४ रन बनाएको हो ।

उसका लागि विल रोड्सले ७३, यासिर अराफतले ६५,  विल भान्डेर्सपारले ५३, मिल्स हाम्मोन्डले ५२, टम वेस्ट्लीले ३९ रन बनाए ।

स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

बलिङमा करण केसी, सन्दीप लामिछानेले ३–३, शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट लिए । बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो । एमसीसीले दोस्रो दिन आज ५३ रन बनायो ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

नेपाल भर्सेस एमसीसी शरद भेषवाकर प्रथम श्रेणी क्रिकेट

विशेष