फोटो मनोरञ्जन

यसरी झुल्किइन दुबईमा करिश्मा......(फोटोफिचर)

यसरी झुल्किइन दुबईमा करिश्मा......(फोटोफिचर)

नेपाली चलचित्र उद्योगकी सदाबहार नायिका करिश्मा मानन्धर, एकताकाका चकलेटी हिरो रमेश उप्रेतीको परिवार यतिबेला दुबई भ्रमणमा छ । निर्माता विनोद मानन्धर छोरी कविता र रमेश उप्रेती पत्नी किरण पनि सो यात्रामा छन् । 


पाँच दिने भ्रमण क्रममा रहेका कलाकारहरु युएईका मुख्य पर्यटकीय स्थल, डेजर्ट सफारी, भेटघाटमा व्यस्त छन् । टोलीले रस अल खेमा र अलएनको समेत भ्रमण गर्नेछ । 

युएईको भौतिक विकास, सार्वजनिक सुविधा र कलासंस्कृतिको बारेमा जान्ने उदेश्य लिएर यो भ्रमण गर्न लागेको नायिका मानन्धरले जानकारी दिएकी छन । उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन् । 

नायक उप्रेतीले पटकपटक युएईको भ्रमण गरे पनि प्रत्येक पटक देखिने नयाँ नयाँ दृश्यले आफूलाई लोभ्याउने गरेको बताएका छन् । 


 

करिश्मा मानन्धर रमेश उप्रेती

विशेष