एमसीसीविरुद्ध उपकप्तान ऐरीको पनि चलेन ब्याट (स्कोरबोर्डसहित)
काठमाडौंः कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा नेपालले सस्तैमा महत्वपूर्ण ४ विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो ।
यसअघि नेपालले ज्ञानेन्द्र मल्लाई शून्य, शरद भेषवाकरलाई ४ र राजु रिजाललाई ८ रनमा गुमाइसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १९ ओभरमा ४ विकेट गुमाएर ३३ रन बनाएको छ ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले पहिलो दिन ३११ र दोस्रो दिन ५३ रन जोड्दै ३६४ रन बनाएको छ । एमसीसीले १०० ओभरमा सम्पूर्ण विकेट गुमाएर २६४ रन बनाएको हो ।
उसका लागि विल रोड्सले ७३, यासिर अराफतले ६५, विल भान्डेर्सपारले ५३, मिल्स हाम्मोन्डले ५२, टम वेस्ट्लीले ३९ रन बनाए ।
स्कोर बोर्ड हेर्न यहाँ क्लिक गर्नुस्
बलिङमा करण केसी, सन्दीप लामिछानेले ३–३, शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट लिए । बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो । एमसीसीले दोस्रो दिन आज ५३ रन बनायो ।
प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।
कप्तान मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।
जितेन्द्र मुखिया, रोहितकुमार पौडेल र सुशन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।
नेपाल भर्सेस एमसीसी प्रथम श्रेणी क्रिकेट दीपेन्द्र सिंह ऐरी