कपाल झरेर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपाय
आजकलको अव्यवस्थित जीवनशैलीका कारण दिनानुदिन वातावरण प्रदुषित बन्दै गईरहेको छ। यिनै प्रदुषणले हाम्रो स्वास्थ्यमा नकारात्मक असर समेत पुर्याईरहेको छ। मुख्यतया बायु प्रदुषणका कारणले गर्दा हाम्रो छाला र कपालमा पनि प्रभाव परेको छ। त्यसो त आजभोलि कपालमा प्रयोग गरिने प्रत्येक प्रोडक्टहरु केमिकलयुक्त नै हुन्छन। जो हाम्रो कपाल झर्ने अनि टुक्रने एक मुख्य कारण बनेको छ।
यसै सन्दर्भमा आज हामी केमिकल दुनियाबाट टाढा रहेर कपाललाई आकर्षक बनाउने केहि उपायका बारेमा बताउन जादैछौं। जसले कपालको गुणस्तर त बढाऊछ नै तथापी झर्ने तथा टुक्रने समस्या पनि कम हुन्छ। यो पूर्णतया घरेलु उपाय हो जसलाई मानिसहरुले सदियौं देखि प्रयोग गर्दै आइरहेका छन।
अमला
अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसको प्रयोगले कपाल झर्ने समस्या कम हुन्छ। यदि अमलालाई पानीमा मिसाएर नुहाउने गरेमा कपाल प्राकृतिक रुपमा कालो लामो हुन्छ।
मेथी
मेथीको दानामा अक्सिडेन्ट हुन्छ जसले कपालको वृद्धि विकास र रोमको पुनर्निर्माणमा सहयोग पुर्याउछ। यसका अलावा मेथीमा प्रोटीन र निकोटिनिक एसिड पनि पाइन्छ जसले कपालको विकासमा प्रोत्साहित गर्दछ।
प्याज
प्याजको रसमा पर्याप्त मात्रामा सल्फर हुन्छ जसले कपालको रोमलाई सुधार गर्न मदत गर्छ। प्याजको रसलाई कपालमा लगाई केहिसमय पछि धुनाले पनि कपाल बलियो र आकर्षक हुन्छ।
hair care