कभर स्टोरी

सीमा समस्या सरकारले समाधान गर्ने हो : सीमाविद् यादव

सीमा समस्या सरकारले समाधान गर्ने हो : सीमाविद् यादव

काठमाडौँ । सीमाविद् तथा विश्लेषक विनय यादवले सीमा क्षेत्रका समस्या समाधानका लागि सरकारले नै कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । उनले भारतलाई गाली गरेर मात्र सीमा क्षेत्रका समस्या समाधान नहुने उनले बताए ।

‘सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्छ । यो सरकारको हैसियत छैन ।’ उनले भारत सरकारसँग नेपाल सरकारले कुटनीतिक तवरमा कुराकानी गरेर समाधान खोज्नुपर्ने जनाए । कालापानी, लिपुलेक जस्ता विषयमा ठोस समाधान नखोजेर भारतको मात्र विरोध गर्दै हिँड्नु तर्कसंगत नभएको उनको भनाइ छ ।

उनी भन्छन् –‘विदेशी शक्तिबाट परिचालित शक्तिले कालापानी लगायत सीमा क्षेत्रका विवाद निकालेर भारत विरुद्ध उत्रिएका छन् ।’ उनले सीमा क्षेत्रमा काँडेतार वा वाल लगाउछु भन्नु युक्तिसंगत नहुने भन्दै काँडेतारले समस्या समाधान नहुने जिकिर गरे ।

तराई क्षेत्रका समस्या सरकारको दृष्टिकोणका कारण आएको भन्दै उनले सरकारले पहिल्यैदेखि मधेशलाई अलग दृष्टिबाट हेरेकाले समस्या बल्झिएको धारणा राखे । नेपालले भारतसँग सुमधुर सम्बन्ध बनाए मात्रै दुवै देशको हित हुने उनको तर्क छ । यादवसँगको कुराकानीको विस्तृत अंश :

 

विशेष