राशिफल

कार्तिक २२ गते शुक्रवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कार्तिक २२ गते शुक्रवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको २२ गते शुक्रवार तदअनुसार सन् २०१९ नोभेम्बर ८ तारिख, आज हरिबोधनी एकादशी अर्थात् तुलसी विवाह तपाईका लागि आजको दिन कस्तो रहला त ? आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल 

मेष–

घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला ।  रुघाखोकीले सताउने छ।  धार्मिक कार्यमा मन जानेछ।साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

वृष–

सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । पारिवारिक सुख शान्ति कायम रहने छ। व्यापार व्यवसायका क्षेत्रबाट मनग्य आर्थिक लाभ उठाउन सकिनेछ।  सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

मिथुन–

आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला । तथापी सामाजिक मान सम्मानमा वृद्धि हुनेछ।  सरकारी कार्यमा लाभ्य मिल्नेछ।  

र्कट–

धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  भाग्योदयको योग रहेको छ।  पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

सिंह–

आकस्मिक धन लाभको सम्भावना रहेको छ।  पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । भाग्वानाकोप ध्यान भ्याक्तिमा मन लगाउनाले बिशेष लाभ हुने देखिन्छ।  

कन्या–

मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।दाम्पत्य जीवन सुखमय रहनेछ।  सामाजिक सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि हुनेछ।   

तुला–

स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । आध्यात्मिक शिद्धी प्राप्त गर्ने योग समेत रहेको छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  

वृश्चिक–

काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनेछ।  मानहानिको सम्भावना रहेकाले अलि विचार पुर्याउनुहोला।  

धनु–

शारीरिक मानसिक स्फुर्तिको अभाव रहनेछ।  माताको स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्ने छ।  व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।

मकर–

दैनिक कार्य सहजता पुर्वक सम्पादन हुनेछ।  बिध्यर्थिका लागि समय अनुकुल रहेको छ।  खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।

कुम्भ–

बोलीको नकारात्मक असर पर्ने भएकाले बाणी तथा व्यवहारमा अलि संयमित रहनु पर्नेछ।  अनावश्यक क्षेत्र्मा धन खर्च हुनेछ। काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।

मीन–

घरमा मांगलिक कार्यको आयोजना हुनेछ।  साथीसंगको भेटले मन आनादित हुनेछ।  आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

Daily Horoscope

विशेष