खेल

रोहितको विस्फोटक ब्याटिङमा बंगलादेशमाथि भारतको शानदार जित

रोहितको विस्फोटक ब्याटिङमा बंगलादेशमाथि भारतको शानदार जित

काठमाडौंः बंगलादेश विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा भारत ८ विकेटले विजयी भएको छ । बिहीबार राति राजकोटमा बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान रोहित शर्माले विस्फोटक ब्याटिङ गरे । ओपनरसमेत रहेका उनले समान ६ छक्का र चौकाको मद्दतमा ४३ बलमा ८५ रन बनाए ।

यस्तै शिखर धवन ३१ रनमा आउट भए । श्रेयस अय्यर २४ र केएल राहुल ८ रनमा अविजित रहे ।

बलिङमा इमिनुल इश्लामले २ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको मौका पाएका बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो ।

उसका लागि मोहम्मद नैइमले ३६, सौम्य सरकार, कप्तान महमदुल्लाहले ३०–३०, लिटन दासले २९ रन बनाए ।

बलिङमा युजवेन्द्र चहल २, खलिल अहमद, वासिङटन सुन्दर र दीपक चहरले एक–एक विकेट लिए । यो जितसँगै भारतले ३ खेलमो सिरिज १–१ को बराबरीमा ल्याएको छ ।

भारत–बंगलादेशबीचको अन्तिम खेल आइतबार नागपुरमा हुँदैछ ।  

सिरिजको पहिलो खेलमा भारतविरुद्ध बंगलादेश ७ विकेटले विजयी भएकाे थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले भारतलाई हराएको यो पहिलो पटक थियो ।

यस्तो थियाे दुवै टिमको प्लेइङ–११

भारतीय टिमको प्लेइङ ११

रोहित शर्मा (कप्तान)
शिखर धवन
केएल राहुल
श्रेयस अय्यर

ऋषभ पन्त (विकेटकीपर)
शिवम दुबे
क्रुणाल पाड्या

वशिङटन सुन्दर
युजवेन्द्र चहल
दीपक चहर
शार्दुल ठाकुर।

बंगलादेश टिमको प्लेइङ ११

सौम्य सरकार
लिटन दास

मोहम्मद नईम
मुशफिकुर रहीम (विकेटकीपर),

महमदुल्लाह (कप्तान)
मोसाद्देक हुसैन,

अफीफ हुसैन
अमीनुल इस्लाम
सैफुल इस्लाम

मुस्तफिजुर रहमान
अल–अमीन हुसैन

 

भारत भर्सेस बंगलादेश टी–२० क्रिकेट सिरिज रोहित शर्मा

विशेष