निजगढ विमानस्थलका लागि १ लाख २९ हजार रुखमात्र काटिने

काठमाडौंः बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ ।
विमानस्थल निर्माणमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी विमानस्थल निर्माण गर्न लागिएको हो । जसअनुसार अब विमानस्थल निर्माणमा सवा लाख रुखमात्र कटान गरिने भएको छ ।
विमानस्थलको दुईवटा धावनमार्गसहित अन्य पूर्वाधार निर्माण गर्दा विभिन्न प्रजातिका १ लाख २९ हजार रुखमात्र कटान हुने आयोजनाले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।
बारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रुख कटान