यी सामान्य आदत जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ, याद गर्नुहोस
युवामा रहेका केही खराब बानी स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्छ यस्तो बानी चाहेर पनि हटाउन सकिदैन । एकैपटक सबै बानी हटाउन पनि हटाउन संभव हुँदैन तर यस्ता बानीलाई एक एक गरेर हटाउन भने अवश्य सकिन्छ ।
बेड टि
बेड टिको बानीले गर्दा एसिडिटी तथा ग्याष्ट्रिकको समस्या हुन सक्छ । यसैले बेड टिको साटो मन तातो पानीमा मह तथा कागती मिसाएर सेवन गर्न सकिन्छ । यसले पाचनक्रिया सही हुनुको साथै रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । रक्त संचार पनि सन्तुलित हुन्छ । यसको एक घन्टापछि चिया पिउनुपर्छ ।
जंकफूड
धेरैलाई घरको खाना भन्दा बाहिरको खाना खान मन पर्छ । साँझको समयमा धेरैजसोको बाहिरको खाना खाने बानी हुन्छ । घरमै बनाएको खाना खान छोडेर निम्की, पिज्जा, बर्गर खाने बानी हुन्छ । पेटमात्र भरिने यस्ता खानेकुराले शरिरमा पौष्टिक तत्व पुग्दैन । यस्ता खानेकुराले मोटो हुनुका साथै अन्य खानेकुरामा रुचि कम हुन्छ । यसैले साँझको समयमा भोक लागेमा जंक फूडको साटो फलफूल तथा घरमै बनाएको खानेकुरा खानु उचित हुन्छ ।
पानी नपिउने
कम पानी पिउँदा कन्स्टिपेसन, पेटको समस्या, पेट पोल्ने तथा थकान महसुस हुने गर्छ । त्यसैले दिनमा तीन चार लिटर पानी पिउनुपर्छ ।
रेशादार खानेकुरा
खानामा रेशादार खानेकुरा समावेश नगर्नु स्वास्थ्यका दृष्टिले राम्रा मानिदैन । यसैले बिस्कुट, पाउरोटीको साटो रोटी, तरकारीको सूप, सलाद तथा फलफूलको जुस खानुपर्छ । यी खानेकुरालाई खानामा समावेश गरेमा खराब खानेकुराको स्वाद बिर्सदै जान सकिन्छ ।
स्वास्थ्य