खेल

एमसीसीकाे पाँचौ विकेट पतन, करनलाई दोस्रो सफलता

एमसीसीकाे पाँचौ विकेट पतन, करनलाई दोस्रो सफलता

काठमाडौंः प्रथम श्रेणी क्रिकेटको पहिलो इनिङ्समा नेपाललाई १५३ रनमै समेटेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दोस्रो इनिङ्समा पाँचाै विकेट गुमाएको छ ।

उसले पाँचाै विकेटकारुपमा एड योङलाई शून्य रनमा गुमाएको हो । उनलाई करन केसीले आउट गरेका हुन् । याेसँगै करनलाई दोस्रो सफलता मिलेको छ ।

नेपाललाई ‘फलो अन’ नदिएर दोस्रो इनिङ्सको ब्याटिङ गर्न आएको एमसीसीले यो समाचार तयार पार्दासम्म २९ ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएको छ ।

पहिलो इनिङ्समा नेपाल १५३ रनमै अलआउट

एमसीसी विरुद्धको प्रथम श्रेणी क्रिकेटको पहिलो इनिङ्समा नेपाल १५३ रनमै अलआउट भएको छ । योसँगै पहिलो इनिङ्समा एमसीसीविरुद्ध नेपाल २ सय ११ रनले पछि परेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा सर्बाधिक ३९ रन बनाए ।

सन्दीपले अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।

नेपालको सुरुवात आज पनि निकै खराब रह्यो । पहिलो ओभरमै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा मैदान बाहिरिए ।

त्यसपछि शरद भेषवार ४, राजु रिजाल ८, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख १० रन बनाउँदै  मैदान बाहिरिएपछि नेपाल संकटको स्थितिमा आयो ।

नेपालको इनिङ विनोद भण्डारी र सोमपाल कामीले ७५ रनको साझेदारी गर्दै उकासेका थिए । तर, ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा आउट भए ।

भण्डारीले ५ चौकासहित ३६ रन बनाए । सोमपाल कामी ४ चौकासहित २६ रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले पहिलो दिन ३११ र दोस्रो दिन ५३ रन जोड्दै ३६४ रन बनाएको छ । एमसीसीले १०० ओभरमा सम्पूर्ण विकेट गुमाएर २६४ रन बनाएको हो ।

उसका लागि विल रोड्सले ७३, यासिर अराफतले ६५,  विल भान्डेर्सपारले ५३, मिल्स हाम्मोन्डले ५२, टम वेस्ट्लीले ३९ रन बनाए ।

बलिङमा करण केसी, सन्दीप लामिछानेले ३–३, शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट लिए ।

बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो । एमसीसीले दोस्रो दिन आज ५३ रन बनायो ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

प्रथम श्रेणी क्रिकेट नेपाल भर्सेस एमसीसी करन केसी

विशेष