आज पनि आलमको थुनछेक बहस

काठमाडौंः नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा आज थुनछेक बहस हुने भएको छ । बिहीबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि आजका लागि थुनछेक बहस सरेको हो ।
२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सकिएपछि आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीले बहस सुरु गरेका थिए । आलमलाई जम्मा ५१ वटा प्रश्न सोधिएको थियो ।
बिहीबार तेस्रो दिनको बयानमा आलमलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेका अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।
थुनछेक बहस