खेल

एमसीसीले दिएको ३९३ रनको लक्ष्य पछ्याउँदै नेपाल (स्कोरबोर्डसहित)

एमसीसीले दिएको ३९३ रनको लक्ष्य पछ्याउँदै नेपाल (स्कोरबोर्डसहित)

काठमाडौंः प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाललाई ३९३ रनको लक्ष्य दिएको छ । नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पूरा गर्नु पर्नेछ ।

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो । 

नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।

एमसीसीले पहिलो इनिङ्समा ३६४ र दोस्रो इनिङ्समा १८१ रन बनायो । नेपाल पहिलो इनिङ १५३ रनमै समेटिएको थियो । नेपालले पहिलो इनिङ्समा निकै खराब सुरुवात गरेको थियो ।

आज दोस्रो इनिङ्समा भने राम्रो सुरुवात गरेको छ । आज पनि ओपनरमा कप्तान ज्ञानेन्द्र मल्ल र राजु राजिल आएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा बिनाविकेट २४ रन बनाएको छ । स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस् 

 

प्रथम श्रेणी क्रिकेट

विशेष