खेल

नेपाललाई सातौं झड्का, तीन ब्याट्सम्यान शून्यमै आउट !

नेपाललाई सातौं झड्का, तीन ब्याट्सम्यान शून्यमै आउट !

काठमाडौंः प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको ३९३ रनको लक्ष्य पछ्याउने क्रममा आज पनि नेपालले सस्तैमा ७ विकेट गुमाएको छ ।

नेपालले सातौं विकेटका रुपमा पवन सरार्फलाई शून्यमै गुमाएको हो । यसअघि नेपालले आरिफ शेखलाई १९, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीलाई शून्य, ज्ञानेन्द्र मल्ललाई ६, शरद भेषवाकरलाई १५, राजु रिजाललाई ३१ रनमा गुमाइसकेको छ ।

नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पूरा गर्नु पर्नेछ ।

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।

नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।

एमसीसीले पहिलो इनिङ्समा ३६४ र दोस्रो इनिङ्समा १८१ रन बनायो । नेपाल पहिलो इनिङ १५३ रनमै समेटिएको थियो ।  

नेपाल भर्सेस एमसीसी पवन सरार्फ

विशेष