खेल

सोमपाल र करन सम्हाल्दै नेपालको इनिङ, एमसीसीविरुद्ध १०० रन पूरा

सोमपाल र करन सम्हाल्दै नेपालको इनिङ, एमसीसीविरुद्ध १०० रन पूरा

काठमाडौंः प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।

एमसीसीले दिएको ३९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा ७ विकेट गुमाए १०० रन पूरा गरेको हो ।

नेपालले सातौं विकेटका रुपमा पवन सरार्फलाई शून्यमै गुमाउन पुग्यो । यसअघि नेपालले आरिफ शेखलाई १९, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीलाई शून्य, ज्ञानेन्द्र मल्ललाई ६, शरद भेषवाकरलाई १५, राजु रिजाललाई ३१ रनमा गुमाइसकेको छ । यो समाचार तयार पार्दा क्रिजमा सोमपाल कामी (१७) र करन केसी (१५) रहेका छन् ।

नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पूरा गर्नु पर्नेछ ।

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।

नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।

एमसीसीले पहिलो इनिङ्समा ३६४ र दोस्रो इनिङ्समा १८१ रन बनायो । नेपाल पहिलो इनिङ १५३ रनमै समेटिएको थियो ।  

नेपाल भर्सेस एमसीसी करन केसी साेमपाल कामी प्रथम श्रेणी क्रिकेट

विशेष