राशिफल

कार्तिक २३ गते शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कार्तिक २३ गते शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक महिनाको २३ गते शनिवार, तदअनुसार सन् २०१९ नोभेम्बर ९ तारिख , तपाईका लागि आजको दिन कस्तो रहला हेर्नुहोस आजको राशिफल 

मेष

बिगतका सफलताले थप काम गर्ने हौसला मिल्नेछ।  अधुरा रहेका कार्यहरु सम्पादन भएर जानेछन। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  पारिवारिक सुख समृद्धि प्राप्त गर्ने समय रहेको छ।  

वृष

आज कुनै पनि नयाँ काम नथाल्नु होला।   टाढाको यात्रा हुने दिन छ।  आर्थिक कारोवारका कार्यहरु नगरेमा नै उपयुक्त हुनेछ।  स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सतर्क रहनुपर्ने छ।  

मिथुन–

स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । पढाई लेखाईमा सफलता पाउनका लागि ठुलै मेहनत गर्नुपर्ने देखिन्छ।  इश्वर भक्ति र आराधनामा मन लगाउनाले बिशेष लाभ हुने देखिन्छ।  

कर्कट

काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । व्यापार व्यवसाय फस्टाएर जानेछ।  टाढिएका आफन्तजनसंग भेट हुनेछ।  

सिंह

कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । कामको उचित मुल्यांकन हुनेछ।  अफ्ठ्यारोमा साथ दिनेहरु प्रसस्त भेटिनेछन।  

कन्या–

बिपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । पिताको तर्फबाट बिशेष सहयोग मिल्नेछ।  सन्तान सुख मिल्नेछ।  

तुला

शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । कला साहित्यको क्षेत्रमा रुचि बढ्नेछ।  धर्मकर्ममा मन जानेछ।  

वृश्चिक–

मनमा दुबिधा रहन सक्ने दिन छ । शत्रुहरुले नकारात्मकसमयको फाइदाउठाउलान अलि सजक रहनुपर्नेछ।  सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।

धनु–

प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।

मकर

परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । मान सम्मानमा वृद्धि हुनेछ।  

कुम्भ

भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । परिवारमा झैँ झमेला देखिनेछ।  

मिन-

 धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । भाग्योदयको सम्भावना रहेको छ।  धार्मिक कार्यमा मन जानेछ।  समग्रमा तपाईका लागि आजको दिन सुखद रहेको छ।  

विशेष