राशिफल

तपाईको यो साता कस्तो रहनेछ ? हेर्नुहोस साप्ताहिक राशिफल

तपाईको यो साता कस्तो रहनेछ ? हेर्नुहोस साप्ताहिक राशिफल

कार्तिक २३ देखि २९ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

व्यापार व्यवसायबाट खासै सफल नभईइला।  नयाँ काममा हात हाल्ने समय रहेको छ।  मान प्रतिष्ठा बढ्ने सम्भावना रहेको छ। साताको मध्यबाट व्यापारमा पनि सुधार हुदै जानेछ।  

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक सभा/ समारोहमा सहभागी हुने अवसर मिल्नेछ।  रमणीय यात्राको सम्भावना रहेको छ।  उचित निर्णयको अभावमा महत्वपुर्ण अवसर हातबाट गुम्न सक्छ अलि सजक हुनुपर्ने छ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मनमा हर्ष र उत्साहको मात्रा बढ्नेछ।  साहित्य सिर्जनाको कार्यमा मन जानेछ।  परिवारमा मांगलिक कार्यको आयोजना हुनेछ।  साताको अन्त्यमा सोचेको काम नबन्नाले अलि चिन्तित भइने छ।  

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

बुद्धिको उपयोगले रोकिएका कार्यहरु सजिलै सम्पादन हुनेछन।  सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ।  कामको सन्दर्भमा बाहिरको यात्रा हुनेछ।  कामको उचित मुल्यांकन होला। आर्थिक लाभ समेत हुनेछ।  

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

काममा सफलता पाउनका लागि ठुलै मेहनत गर्नुपर्ने देखिन्छ।  धनमाल हराउन सक्ला अलि सजक रहनुहोला।  साताको मध्यबाट तन मनमा शान्ति छाउने छ।  जर्य्मा सफलता मिल्नेछ।  

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कार्यमा सफलता मिल्नेछ।  नोकरीमा पदोन्नतीको सम्भावना रहेको छ।  अवसरहरुले पिछा गर्ने छ।  पारिवारिक वातावरण सुखमय बित्नेछ।  समग्रमा तपाईका लागि यो साता शुभ रहेको छ।  

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आध्यात्मिक शिद्धि प्राप्त हुनेछ।  सामाजिक कार्यमा सरिक भइएला।  सरकारी कार्यबाट लाभ हुनेछ।  पढाई लेखाईमा सफलता मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ।  

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

परिवारजनले तपाईको काममा भरपुर साथ दिनेछन।  यो साता तपाईको लामो समयदेखि रोकिएर रहेका कार्यहरु पुरा हुनेछन।  दाजूभाईको सम्बन्ध सुमधुर रहने छ।  

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

समयमा काम नबन्नाले दिक्क भइने छ।  पुराना मित्रसँग भेट होला।  धनमाल हराउने प्रबल सम्भावना रहेको छ होस पुर्याउनुहोला । दाम्पत्य जीवन सुखद रहनेछ।  

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

व्यापार व्यवसाय फस्टाएर जानेछ।  सोचेअनुरुपको कार्य बन्नाले मनमा शान्ति छाउने छ।  घरायसी कामकाजमा अल्झिने समय छ।  साताको अन्त्यमा पारिवारिक झैँ झमेला सुरु हुन सक्ला।  

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

बिश्वास गरेकै व्यक्तिबाट धोका पाईएला।  नोकरी व्यवसायको क्षेत्र्मा उन्नती हुने समय रहेको छ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

नयाँ कामको प्रस्ताव आउने छ।  साथी भाईको सहयोगले महत्वपुर्ण कार्य सम्पादन हुनेछ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  ठुलाबडाको आशिर्वाद मिल्नेछ।  धार्मिक कार्यमा मन जानेछ।  समग्रमा तपाईका लागि 
यो साता शुभ फलदायी रहेको छ।  

 

#Weekly Horoscope

विशेष