कपिल शर्मालाई पुत्री लाभ

एजेन्सी। बलिउड हाँस्य अभिनेता कपिल शर्मालाई पुत्री लाभ भएको छ। उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी हुन्।
कपिलले यो कुराको जानकारी ट्वीटर मार्फत् गरेका हुन् । उनकी श्रीमतीले मंगलबार बिहान ३ बजेर ३८ मिनेटमा छोरीलाई जन्म दिएकी हुन्। कपिलले छोरी जन्मिएपछि आफुलाई निकै भाग्यमानी भएको महसुस गरेको बताएका छन।
ट्वीट गर्दै उनले लेखेका छन 'छोरी जन्मिएकोमा भाग्यमानी महसुश गरेको छ तपाईको आशिर्वादको खाँचो छ अब, सबैजनालाई माया, जय माता दि'
.
कपिल शर्मा