गायक रुद्रमणि गुरुङको निधन
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका बरिष्ठ गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति नै लोकप्रिय छ । अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् ।
सोमबार निधन भएका गायक गुरुङको बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
रुद्रमणि गुरुङ