मैत्रीपूर्ण फुटबलः कर्मचारीको टिमसँग ४–० गोलले हार्यो सांसदको टोली

काठमाडौंः संघीय संसदका कर्मचारीसँग भएको मैत्रीपूर्ण खेलमा सांसदसँगको टिम पराजित भएको छ ।कर्मचारीले सांसदको टिमलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालले भुटानविरूद्ध १३ औं सागको फाइनल खेल्नुअघि सांसद र कर्मचारीहरूले रंगशालामा फुटबल खेलेका हुन् ।
सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए । संसद कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए । (फाइल फोटो)
कर्मचारी सांसद मैत्रीपूर्ण खेल १३ औं साग