खेल

१३औं सागको भव्य उद्घाटन

१३औं सागको भव्य उद्घाटन

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को भव्य उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहकाबीच  सागको उद्घाटन गरेकी हुन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पञ्चकन्याहरुले स्वागत गरेका थिए। साधारण प्याराफिटतर्फबाट ब्यान्ड टोली र मैदानबाट पञ्चेवाजाको धुनसँग राष्ट्रपति भण्डारीको स्वागत गरिएको थियो।

रंगशालामा उपस्थित १२ हजारभन्दा बढी दर्शकले १३ औँ सागलाई स्वागत गरे भने प्रतियोगितामा सहभागी भएका देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए ।  रंगशालाका चारवटै फर्ड लाइट बालिएका थिए ।  रंगशालालाई उद्घाटन समारोहले छपक्कै छोपेको थियो।

सागको उद्घाटन समारोह हेर्न आएकाहरुले प्याराफिट भरिएको थियो।  रंगशालामा भीभीआईपी, भीआईपी, सर्वसाधारण, पत्रकार लगायतलाई छुट्टाछुट्टै बस्ने स्थानको व्यवस्था गरिएको छ।थियो। रंगशाला बाहिर पनि मानिसहरुको भिड देखिएको थियो।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा प्रवेश निशुल्क भनिए पनि पास बिना छिर्न दिइएको छैन। निशुल्क प्रवेश पाउने आशले आएका दर्शक रंगशालाको मुलगेट बाहिरै रोकिएका छन्।

सागमा २८ खेल समावेश गरिएको छ। जसमध्य एक खेल जनकपुरमा, ८ खेल पोखरामा र बाँकी खेल काठमाडौँमा हुनेछन्। सागमा सात देशका ३ हजार भन्दा बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ८ सय ८१ कास्यपदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव नेपालले २० वर्षपछि आयोजना गरेको हो।

 

विशेष