मुख्य समाचार

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा नेकपा विजयी

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा नेकपा विजयी

गुल्मीः जिल्लाको रुरु क्षेत्र गाउँपालिका–६ मा वडाअध्यक्ष पदका लागि सम्पन्न उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उमेद्वार विजयी भएका छन् । रुरु क्षेत्र गाउँपालिका–६ मा नेकपाका गिरीप्रसाद सिञ्जाली विजयी भएका हुन् । सिञ्जालीले नेपाली कांग्रेसका उम्मेदवार वेदप्रसाद दर्लामीलाई पराजित गरे ।

नेकपाको तर्फबाट विजयी बनेका उमेदवार सिञ्जालीले ८ सय २ मत प्राप्त गर्नु भएको थियो भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दर्लामीले ७ सय २७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत राजेन्द्र पोखरेलले बताए । 

त्यस्तै, स्वतन्त्र उमेदवार मनबहादुर दर्लामीले १ मत प्राप्त गरे ।  कुल २ हजार ४८ मतदाता रहेको यो ठाउँमा शनिबार सम्पन्न उपचुनावमा १ हजार ५ सय ४४ मत खसेको  थियो । खसेको मत मध्ये १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

रुरु क्षेत्र गाउँपालिका ६ मा ०७४ को पालिका चुनावमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि उपचुनाव गरिएको हो । 

गुल्मी रुरु क्षेत्र गाउँपालिका गिरीप्रसाद सिञ्जाली

विशेष