‘झिंगे दाउ' मा अभिनेत्रीहरुको यस्तो लुक्स

काठमाडौँ। साहित्यकार भीमनिधि तिवारीको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'झिंगेदाउ' अभिनित कलाकारहरुको फरक फरक लुक्स बाहिरिएको छ। केहि दिन अघि नायिका आंचल शर्माले सिउँदोमा सिन्दुर र डोको बोकेको तस्बिर सार्वजनिक भएको थियो। अभिनेत्री तथा मोडल आशा भुषाल र अभिनेत्री केकी अधिकारीलाई पनि फरक लुक्समा देखिने भएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र खोटाङको हलेसीमा छायाँकन सकेर यतिबेला भकुण्डेबेसी पुगेको छ । ‘झिंगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा र आशासँगै अन्य कलाकारहरुका पनि लुक बाहिरिएको छ । चलचित्रमा यी तीन अभिानेत्रीको अलावा मुकुन भुसाल, कुशल विष्ट र अंशु महर्जनको पनि मुख्य भूमिका रहेको छ ।
गाउँले परिवेश र विशुद्ध नेपालीपन झल्कनेगरी चलचित्रमा कलाकारलाई प्रस्तुत गरिएको निर्माणपक्षले जनाएको छ । कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा अर्जुन पोखरेलले संगीत गरेका भने पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहेको छ । चलचित्रमा छायांकन भने विष्णु कल्पितको रहेको छ ।
चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।
नेपाली चलचित्र ‘झिंगे दाउ