खेल

विवाह भोज खर्च बचाएर क्रिकेट रंगशाला निर्माणलाई डेढ लाख सहयोग

विवाह भोज खर्च बचाएर क्रिकेट रंगशाला निर्माणलाई डेढ लाख सहयोग

काठमाडौंः जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानलाई लागि विवाह भोज खर्च बचाएर १ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग भएको छ ।

उक्त रकम चितवनको भरतपुर महानगरपालिका–१६, सम्झना टोलका तिलक प्रसाद पौडेल र सुस्मिता पौडेल (गैरे) ले सहयोग गरेका हुन् ।

उनीहरुले आज उक्त डेढ लाख रुपैयाँ धुर्मुस–सुन्तली फाउण्डेशनलाई रंगशाला निर्माणका लागि प्रदान गरेका हुन् ।

सहयोग र यस अभियानमा जोडिएकोमा पौडेल दम्पत्तिलाई फाउण्डेशनले धन्यवाद दिएको छ ।

क्रिकेट रंगशाला सहयोग गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

विशेष