अनुमति नलिएर भारतीय दूतावास छिर्ने सशस्त्रका डिआइजी श्रेष्ठ कारबाहीमा

काठमाडौंः कूटनीतिक आचारसंहिताविपरित गोप्य रुपमा भारतीय दूतावास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ । अनुमति नलिई ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए ।
उनी दूतबास गएको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बलले स्पष्टीकरण सोधेको थियो ।डिआइजी श्रेष्ठले तालिम सम्बन्धी विषयमा छलफल गर्न दूताबास गएको बताएका थिए । तर उनले अनुमति लिएका थिएनन् ।
पदीय अनुशासनविपरितको काम गरेको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरुप सचेत गराएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
भारतीय दूतावास प्रवीण श्रेष्ठ सशस्त्र प्रहरी बल