खेल

टी–२० क्रिकेटमा कोहली र शर्माले बनाए समान २६३३ रन!

टी–२० क्रिकेटमा कोहली र शर्माले बनाए समान २६३३ रन!

काठमाडौंः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माले टी–२० क्रिकेटमा समान रन बनाएका छन् ।

वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा कप्तान कोहलीले ११३ र रोहित शर्माले ९४ रन बनाएपछि उनीहरुले समान रन बनाएका हुन् ।

यी दुबैको यो स्कोरसँगै टी–२० करिअरमा समान २६३३ रन भएको छ । १४२ वर्षे लामो क्रिकेट इतिहासमा यो पहिलो पटक भयो जहाँ कुनै फर्मयार्टमा दुई खेलाडी रन बनाउने मामिलामा पहिलो स्थानमा रहे ।

वेस्ट इन्डिजविरुद्ध मुम्बईमा भएको तेस्रो टी–२० अघि कोहली रन बनाउने खेलाडीमा पहिलो नम्बरमा रहेका थिए । यो खेलमा बुधबार कोहलीले ७० र रोहितले ७१ रन बनाए । जसका कारण दुवैै खेलाडी शिर्ष स्थानमा संयुक्त रुपमा रहे । रोहितले ३४ बलमा ७१ रन बनाउँदा दोस्रो तर्फ कोहलीले २९ बलमा ७० रन बनाए ।

टी–२० क्रिकेट विराट कोहली रोहित शर्मा

विशेष