मिस वल्डको टप–४० मा पुगिन् नेपाली अनुष्का श्रेष्ठ

काठमाडौंः मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वल्ड २०१९’ को टप ४० मा प्रवेश गरेकी छन् । ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा प्रवेश गरेकी हुन् ।
अनुष्काले ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन् । ‘हेड टु हेड’ च्यालेन्ज जितेपछि अनुष्का श्रेष्ठले सबै नेपालीलाई धन्यवाद दिएकी छिन् । ‘मिस वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा लन्डन एक्सेलमा हुदैँछ ।
मिस नेपाल अनुष्का श्रेष्ठ मिस वल्ड २०१९