मुख्य समाचार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यी हुन् छलफलका विषय

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यी हुन् छलफलका विषय

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेबाट बस्दै छ । उक्त बैठकमा गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनबारे, भ्रातृ संघसंस्थाबारे, भारतले हालसालै जारी गरेको नक्सामा नेपाली भूभाग समेटिएको विषयबारे छलफल हुने कांग्रेसले जनाएको छ । ‘आज बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा हुन्छ ।’

पार्टीका महत्वपूर्ण विभाग गठनबारे पनि छलफल हुनेछ,’ पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेसका भ्रातृसंस्था नेविसंघ, तरुण दलको विवादको समाधानको विषयमा र अरू समसामयिक राष्ट्रिय विषयमा छलफल हुनेछ ।’ उनका अनुसार पार्टीको क्रियाशील सदस्यता वितरणको विषयमा र कालापानीलगायत नेपाली भूभागको सिमा अतिक्रमणको विषमा पनि बैठकमा छलफल हुनेछ । 

भ्रातृ संघसंस्थाको विषयमा भएको विवाद समाधान गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिले तयार गरेको प्रतिवेदन बैठकमा पेश गर्नेछन् । बुधबार दिउँसो बसेको पदाधिकारीहरुको बैठकले बिहीबार बस्ने बैठकको एजेण्डाहरुको टुंगो लगाएको थियो ।    

छलफल केन्द्रीय कार्यसमिति बैठक

विशेष