खेल

पोखरा प्रिमियर लिगः काठमाडौंबाट ३ भारतीय खेलाडीले खेल्ने

पोखरा प्रिमियर लिगः काठमाडौंबाट ३ भारतीय खेलाडीले खेल्ने

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि काठमाडौं गोल्डेन्सले तीन भारतीय खेलाडी भित्र्याएको छ ।

काठमाडौंले गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटीलाई भित्र्याएको हो । यी तीन खेलाडीले यसअघि पनि पीपीएल खेलिसकेका छन् ।

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्सबाट खेलेका जयकिशन र गौरब पीपीएलमा पनि ज्ञानेन्द्रकै कप्तानीमा खेल्ने भएका छन् ।

सुवोधले दिल्लीबाट रणजी ट्रफि खेलि सकेका खेलाडी हुन् । उनले दोस्रो संस्करणको डीपीएलमा काठमाडौंबाटै खेलेका थिए । जसमा उनले १ सय १६ रन बनाउनुको साथै ८ विकेट लिएका थिए ।

काठमाडौंले मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्ने छ । पीपीएल मंसिर २८ देखी पुष १२ सम्म चल्ने छ ।

काठमाडौं गोल्डेन्स भारतीय खेलाडी पीपीएल गौरव तोमर सुवोध भाटी

विशेष